तातोपानीबाट आइरहेको ट्रकमा २३ लाखको भेप

तातोपानीबाट आइरहेको ट्रकमा २३ लाखको भेप
सुन्नुहोस्

कोदारी नाकाबाट नेपाल छिरेको एउटा ट्रकमा ५५ वटा विद्युतीय सिगरेट (भेप) का ठूला डब्बा र ३० वटा सानो डब्बा फेला परेको छ । अवैध रुपमा ल्याइएको भेपको संख्या सात सय ४० थान र त्यसको मूल्य २२ लाख २५ हजारभन्दा बढी रहेको बताइन्छ । 

प्रहरीले बाह्रबिसेमा नियन्त्रणमा लिएको ना.६ ख ५४९६ नम्बरको ट्रकमा उक्त भेप फेला परेको हो । भन्सार छलेर ल्याइएको उक्त भेप र ट्रकलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाउने तयारी भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

टिप्पणीहरू