गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले केहीबेर अघि उनलाई नियन्त्रणमा लिएर टंगाल कार्यालय पुर्याएको बताइएको छ ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई हिजो मात्र सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । भिजिट भिसामा विदेश जानेहरुसँग सेटिङ मिलाएर भट्टराईले रकम असुली गरेको र मानव तस्करीसँग साँठगाँठ गरेको उजुरीपछि गृहमन्त्री रमेश लेखकले उनलाई मन्त्रालय तानेर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई विमानस्थलको जिम्मेवारी दिएका छन् ।
उता अख्तियारको अर्को टोलीले विमानस्थलमा छापा हानेर कम्प्युटर र केही कागजात नियन्त्रणमा लिएको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
टिप्पणीहरू