थाइल्याण्डसँग पुनः खेल्दै नेपाल

थाइल्याण्डसँग पुनः खेल्दै नेपाल

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज हुने खेलमा नेपालले घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। थाइल्याण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ : ३० बजे शुरु हुनेछ ।

दुबै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने छन् । यसअघि शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग १-० गोलले पराजित भएको थियो । थाइल्याण्ड तुलनात्मक रुपमा बलियो टोली रहेको छ । फिफा वरीयतामा पनि थाइल्याण्ड नेपालभन्दा माथि रहेको छ । पछिल्लो वरीयता अनुसार नेपाल ९९औं स्थान र थाइल्याण्ड ४७ औं स्थानमा रहेको छ ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीको लागि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एसियन छनोटमा नेपाल समूहुएु मा रहेको छ । नेपालको समूहमा लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ । दोस्रो खेल जुलाइ २ मा श्रीलंकासँग र तेस्रो तथा अन्तिम खेल जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

नेपाली टोलीः

गोलरक्षकः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ ।
डिफेन्डरः अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिर, मनमाया दमाई ।

मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू,  सविता राना मगर, सरस्वती हमाल, सुस्मा तामाङ ।
फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

टिप्पणीहरू