पदमा नपुग्दा सदाचार,पुग्नासाथ सुविधा हतार हतार

पदमा नपुग्दा सदाचार,पुग्नासाथ सुविधा हतार हतार

नयाँ गभर्नरलाई कार्यकालपछि घर लैजान पाउने सुविधाअन्तर्गत गाडी खरिद प्रक्रिया पनि अगाडि बढाइएको बुझिएको छ । जेठ दोस्रो साता बसेको रास्ट्र बैंक सञ्चालक समिति बैठकमा प्रस्तुत एजेण्डाअन्तर्गत पौने २ करोडको गाडी किन्न लागिएको हो । बैंकले नयाँ कार्यकारी निर्देशकहरूलाई पनि अवकाशपछि घर लैजान पाउने सुविधामा पौने एक करोडसम्मका गाडी खरिद प्रक्रिया अघि बढाएको छ ।

यसअघि तत्कालीन गभर्नर डा. चिरञ्जिवी नेपाललाई बैंकले सुविधा सम्पन्न आवासीय भवन उपलब्ध गराएको थियो । काठमाडौं महाराजगञ्जस्थित भाडामा लिइएको घरमा नेपालले पाँच वर्ष बिताएका थिए । अहिलेका गभर्नरलाई घर नजिकै पार्किङ उपलब्ध गराउन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग स्रोतको दाबी छ । 

यता, ११ सयभन्दा बढी कर्मचारी कार्यरत बैंक नेतृत्वले बैंकिंग क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । पौडेलले जिम्मेवारी सम्हालेको दुई सातालगत्तै पश्चिम नेपालको भ्रमणपश्चात् रेवतबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका हुन् । सानिमाका पूर्व "सदाचारी सिइओ" भुवन दाहाल सदस्य र बैंकको नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल कार्यदलमा सदस्य सचिव तोकिएका छन् । आगामी मौद्रिक नीति तर्जुमाअघि कार्यदलले बैंकिंग क्षेत्र सुधार सम्बन्धमा सुझाव दिने बताइएको छ । 

तर,अहिले सोही कार्यदलले सर्वसाधारण र संघ संस्थासँग आफ्नो अनुभव र विज्ञताको आधारमा असार ११ भित्र सुझाव माग गरेको छ । नेपाललाई ग्रे लिष्टबाट हटाउन खेल्नुपर्ने भूमिकादेखि आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन,कर्जा प्रवाहलाई प्रभावकारी बनाउन,मर्जरपछिका समस्या समाधानका लागि सुझाव मागिएको छ । 

बैंकमा कार्यरत सात सदस्यीय सञ्चालक समिति,गभर्नर,डेपुटीहरु,डेढ दर्जन कार्यकारी निर्देशक, पाँच दर्जन निर्देशकसहित ११ सय बढी कर्मचारीको सट्टा तीन जना कार्यदलका सदस्यलाई जिम्मा दिइएको उक्त कार्य अहिले सर्वसाधारण र स्वार्थ समूहमा छाडिएको छ । 

यता,कार्यदल संयोजक कार्की बैंकका भूतपूर्व निर्देशक र तत्कालीन अर्थमन्त्री डा. रामशरण महतसँगको पारिवारिक र व्यक्तिगत निकटताबाट पटक पटक लाभको पदमा पुगेका भनी चिनिन्छन्  ।

टिप्पणीहरू