गोरखाकी महिला भरतपुरमा लुटिइन्

हिजो दिनदहाडै भरतपुरमा एउटी महिला लुटिएकी छन् । बिहान करिब ११ बजेको समयमा भरतपुर–१ बालकुमारी मावि अगाडि यस्तो ठगीको घटना भयो कि जसले अरुलाई पनि कसैको प्रलोभन र झुक्क्यानमा नपरी सावधान रहन जरुरी देखाएको छ । यस्तो घटना बेलाबेला ठाउँठाउँमा हुँदै आएका छन्।
हिजो नारायणगढमा गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने अन्दाजी २० वर्षकी रेनु रानालाई दुईजना अपरिचित व्यक्ति आई सुन जस्तो देखिने पित्तलको जलपको (बिस्कुट) देखाएर ललाइफकाई गरी उनले घाँटीमा लाएको सुनको एकतोलाको सिक्री हात पारे । अनि तिमी यहाँ बस्दै गर हामी एकछिनमा आउँछौं भनी सिक्री लिएर उनीहरु बेपत्ता भए ।
यी लुटेराहरुले अन्यत्र पनि यसरी नै ठाउँठाउँमा ठगी गरेको बुझिन आएको छ । रेनुले प्रहरीमा जानकारी गराएपछि तत्काल घटनास्थलमा प्रहरी सहायक हवल्दार प्रकाश जप्रेलको कमाण्डमा सिभिल टोली खटिएर उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रबिन्द्र खनालले बताए । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब डेढ किलोमिटरको दूरीमा पर्दछ ।
टिप्पणीहरू