एसियन कप छनोट खेल्ने महिला टोलीको घोषणा
उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट खेल्ने नेपालीटोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय महिला टिमका नव नियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।
टोलीमा नेपाल एपीएफ क्लबकी डिफेन्डर प्रतीक्षा चौधरीले पहिलो पटक स्थान बनाएकी छिन् । उनीसँगै डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई,विमला विक, पूजा राना र अमृता जैशी रहेका छन् ।
गोल रक्षकमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ छन् भने मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमालले स्थान बनाएका छन् ।
यस्तै टोलीको अग्रपंक्तिमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् ।
छनोटमा सहभागी ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । ६ समूहमा चार टोली रहेका छन् भने दुई समूहमा पाँच टोली रहेका छन् । आठ समूहको विजेता एसियन कपमाछनोट हुनेछन्।
छनोटमा नेपाल समूह एफमा रहेको छ । समूह एफ मा नेपालसँगै लाओस, श्रीलंका र घरेलु टिम उज्वेकिस्तान रहेका छन् । नेपालले २९ जुनमा लाओससँगखेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल श्रीलंकासँग २ जुलाईमार तेस्रो तथा अन्तिम खेल ५ जुलाईमा उज्वेकिस्तानसँग खेल्नेछ ।
टिप्पणीहरू