कानुनमन्त्रीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

कानुनमन्त्रीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ ।

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने युवराज सफलले आज उजुरी दर्ता गराएका हुन् । 

मन्त्री चौरासियाले न्यायाधीशलाई प्रभावमा पारेर रौतहट नरसंहारका अभियुक्त नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री अफताब आलमलाई उन्मुक्ति दिएको उजुरकर्ताको दाबी छ । 

‘नेपाल सरकारको जिम्मेवार कानुन मन्त्री प्रतिनिधि सभाको सदस्य र सम्मानित न्याय परिषद्को सदस्य जस्तो गरिमामय पदमा आसीन व्यक्तिले आम नरसंहार, बम काण्ड र हत्या जस्तो केसमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको फैसला पाएको व्यक्तिलाई सफाइ दिन शक्ति, पद, पैसा र पार्टीको दुरुपयोग गर्न मिल्छ ?’, उजुरीमा भनिएको छ, ‘निजले सेटिङ गरेर नै प्रतिवादी अफताब आलमले सफाइ पाएको हुँदा तत्काल निज बसेको होटलबाट सो होटलको सिसी क्यामेरा फुटेज, निज कानुनमन्त्रीको करिब तीन महिना अवधिको कल रेकर्ड एवम् डिटेल्स समेत झिकाई आवश्यक अनुसन्धान गरी निज कानुनमन्त्री अजयकुमार चौरसियालाई तत्काल पदमुक्त गरी निजले हत्यारा आम नरसंहार र बम काण्डका दोषी मोहम्मद अफताब आलमलाई सफाइ दिन प्रमुख योजनाकार एवम् प्रमुख मतियारको भूमिका खेलेको हुँदा निजलाई हत्यारा, बम काण्ड र आम नरसंहारको घटनामा संलग्न अभियुक्तले पाएको सजाय पाउन पर्ने हुँदा पक्राउ गरी कानुन बमोजिम मुद्दा चलाई आजीवन कारावास वा घटनाको दोषी बचाउने मुख्य योजनाकार एवम् मुख्य मतियार भएबापत पाउने सजाय दिनसमेत माग गर्दछु ।’

युवराजले आफ्नो उजुरीलाई बेवास्ता गरिएमा अदालत जाने चेतावनी पनि दिएका छन् ।

धर्मसँगै पैसा भित्र्याउने यो पो रहेछ धन्दा

कानुन कार्यान्वयन नगरी समाज फेरिन्छ र ?

टिप्पणीहरू