सिंगापुरका मुख्य प्रशिक्षकद्वारा राजीनामा

सिंगापुरका मुख्य प्रशिक्षकद्वारा राजीनामा

सिंगापुर राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक सुतोमुओगुराले राजीनामा दिएका छन् ।

सन् २०२४ फेब्रुअरीमा दुई वर्षको लागि मुख्य प्रशिक्षक अनुबन्धित भएका उनले १७ महिनामै पदबाट राजीनामा दिएका हुन् । 

सिंगापुरको राष्ट्रिय फुटबल संघ (एफएएस)ले आगुराले राजीनामा दिनुको कारणबारे केही खुलाएको छैन । जापानी मुलका ५८ वर्षीया ओगुराले एसियान च्याम्पियनसिप सिंगापुरलाई सेमिफाइनलसम्म पुर्याएका थिए । तर उनले राजीनामा दिएर स्वदेश फर्किसकेको एफएएसले जनाएको छ । 

ओगुरालाई कार्यकाल पुरा गरेर स्वदेश फर्किन भनिए पनि उनले राजीनामा दिने निर्णय गरेका हुन् ।

टिप्पणीहरू