नेपाललाई यु-१६ इस्ट जोन कपको उपाधि

नेपाललाई यु-१६ इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपाली युवा टोलीले एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो ।

जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा १ सय १७ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि शिवंश बजगाईले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र जोय थापाले ९ रनको योगदान गरे ।

सिंगापुरको लागि कापिशभेन्कात्रमनले चार, युभान पाण्डेले दुई ग्ताथा वेदांश गुप्ता र आकाश तेजाले समान एक/एक विकेट लिए ।यसअघि बाङ्गीमा भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ४० ओभर पाँच बलमा अलआउट हुँदै एक सय १३ रन जोडेको थियो ।

सिंगापुरको लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३, कप्तान रियान नाइकले १५, वेदनाश गुप्ताले अविजित १२ र आकाश तेजाले १० रन बनाए । 

नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान तीन विकेट लिए । यस्तै शुभम खनालले दुई र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए । यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा यु-१६ इस्ट जोन कपको उपाधि जितेको थियो ।
 

टिप्पणीहरू