नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट शुरू
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बिहीबारबाट शुरु भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आजबाट शुरु गरेको क्लोज क्याम्पमा ३२ खेलाडी रहेका छन् ।
क्यानले अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण राखेको हो ।
बन्द प्रशिक्षणमा रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्ती रहेका छन् ।
ओमानमा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा कुवेत र जापान रहेका छन् ।
छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’मा पुग्नेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष तीन स्थानमा रहने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि स्थान बनाउनेछन् ।
टिप्पणीहरू