आईएमई खल्ती लिमिटेडको एकीकृत कारोबार शुरु
खल्ती र आईएमई पे एकीकृत भएर बनेको नयाँ संस्था ‘आईएमई खल्ती लिमिटेड’ ले आजदेखि औपचारिक रुपमा कारोबार थालेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एक कार्यक्रमबीच एकीकृत कारोबारका लागि आवश्यक लाइसेन्स हस्तान्तरण गरेपछि औपचारिक कारोबार शुरु भएको हो ।
दुई कम्पनीको मर्जरपछि ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यसको प्रयोगकर्ता १ करोड २७ लाख पुगेको जानकारी दिइएको छ । यसअघि खल्तीका ७० लाख र आईएमईपेमा ५७ लाख प्रयोगकर्ता थिए ।
यो मर्जरले डिजिटल भुक्तानी क्षेत्रका साथै फिनटेक र बैंकिङ्ग क्षेत्रका लागि निकै महत्वपूर्ण सन्देश दिएको बताइन्छ ।
तस्बिरहरु









टिप्पणीहरू