निकुञ्जभित्र हवाई फायर, हवल्दार घाइते
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एक नेपाली सेनाका हवल्दार घाइते भएका छन् ।
गस्ती सकेर पोष्ट फर्किँदै गरेको सैनिक टोलीमाथि ‘गोविन्दे’ नामको हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए।
आक्रमणमा ३८ वर्षीय हवल्दार नन्दबहादुर सिंह घाइते भएका हुन् । उनको हात र ढाडमा चोट लागेको छ भने अवस्था सामान्य रहेको बताइन्छ ।
मचानबाट डिउटी सकेर कछुवानी पोस्टतर्फ जाँदै गरेका चार जना सैनिकको हात्तीसँग जम्काभेट भएको थियो । हवाई फायरपछि हात्ती भागेकाले उनीहरु पोस्टमा फर्कन सकेका हुन् ।
टिप्पणीहरू