तिर्थालु बोकेको गाडी सडकबाट खस्यो, दर्जनौं घाइते हुँदा दुई जना सिकिस्त
खोटाङमा तिर्थालु बोकेको विंगर गाडी दुर्घटनामा परेको छ ।
आज बिहान हलेसी तुवाचुङ नगरपालिका–१, दौत्य खोलास्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा सिरहातर्फ जाँदै गरेको प्र.२–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी सडकबाट दुई सय मिटर तल खसेको हो ।
दुर्घटनामा डेढ दर्जन घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा सवार सबैको उद्धार गरी उपचार जारी छ ।
टिप्पणीहरू