पशुपति शर्मा चढेको गाडी दुर्घटना
गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । पोखराबाट स्याङ्जा जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार आज मध्याह्न १२ बजेतिर दुर्घटनामा परेको हो ।
भीरकोट नगरपालिका-२ स्थित बयरघारीमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।
‘गाडीको अगाडिको भागमा क्षति पुगेको छ, तर कुनै मानवीय क्षति छैन’, उनले भने, ‘उहाँहरु वालिङ जाँदै हुनुहुँदो रहेछ, मानवीय क्षति नभएकोले पठाइसक्यौँ ।’
गाडीमा गायक शर्मासहित अन्य दुई जना सवार रहेको बताइएको छ ।
टिप्पणीहरू