धर्म र आधुनिकता सँगसँगै

धर्म र आधुनिकता सँगसँगै स्रोतः सिसिटिभी

चीनको सिजाङ स्वायत्त क्षेत्रको ऐतिहासिक ताशिलहुन्पो गुम्बामा रहेका ख्युङपो टुल्कु (जीवित बुद्ध ख्युङपो) बौद्ध धर्मको शताब्दीयौँ पुरानो परम्परालाई आधुनिक संसारसँग एकीकृत गर्ने प्रयासमा सक्रिय छन् । समाज र जनताको सेवामा बौद्ध परम्परा समेटेर नयाँ दृष्टिकोण ल्याउने लक्ष्य राखेको उनी बताउँछन् ।

ख्युङपो टुल्कुले आफ्नो आध्यात्मिक यात्रा चार वर्षको उमेरमा ताशिलहुन्पो गुम्बामा प्रवेश गरेपछि थालेका हुन् । उनलाई तिब्बती बौद्ध धर्मको तेस्रो अवतारको रूपमा लिइन्छ ।

सन् २००२ देखि उनले सिजाङमा बौद्ध अभ्यासमा समर्पित भएर अध्ययन र ध्यान गरिरहेको बताइन्छ । आधुनिक संसारसँग सान्दर्भिकताको खोजीमा लागेका टुल्कु भन्छन्, ‘म सानै उमेरमा मठमा प्रवेश गरें, र मलाई चिनियाँ भाषा राम्ररी अध्ययन गर्ने मौका मिलेन। अब जब मसँग फुर्सद हुन्छ, म त्यसलाई समात्ने प्रयास गर्छु ।’

उनले चाइना सेन्ट्रल टेलिभिजनसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘म वृत्तचित्रहरू हेर्छु, पुस्तकहरू पढ्छु, र इन्टरनेट प्रयोग गरेर मैले नबुझेको कुरा खोज्छु। भाषा महत्त्वपूर्ण छ। यो सञ्चारको लागि एउटा उपकरण हो । यदि मैले त्यो बुझिन भने, म अरूसँग कुराकानी गर्न सक्दिनँ ।’

आज उनको ५ लाखभन्दा बढी अनुयायी भएको बताइन्छ । साथै, उनी  फोटोग्राफीमा पनि रुचि राख्छन्, पहाडका दृश्य र शान्त क्षणहरूलाई आफ्नो लेन्सबाट कैद गरेर त्यसलाई अनलाइनमा राख्ने गर्छन् । टुल्कु केवल एक धार्मिक व्यक्तित्व मात्र होइनन् , उनी आधुनिक संसारसँग जडान बनाउने नयाँ लहरका नेता पनि हुन् ।

सन् २०१२ मा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको सिजाङ स्वायत्त क्षेत्र समितिको सदस्यको रूपमा निर्वाचित हुँदा उनले ग्रामीण स्वास्थ्य सेवा र स्थानीय डाक्टरहरूको लागि तालिममा समेत जोड दिएका थिए ।

उनी भन्छन्, ‘बौद्ध धर्मको अध्ययनको उद्देश्य केवल व्यक्तिगत सुधारको लागि मात्र होइन। यो अरू र समाजलाई फाइदा पु¥याउने कुरा पनि हो ।’ टुल्कुको कथा तिब्बती बौद्ध धर्म र आधुनिक संसारको एक आकर्षक संगम हो । उनले  समाजमा परिवर्तनका लागि धार्मिक क्षेत्रमा मात्र नभई  सामाजिक र शैक्षिक क्षेत्रहरूमा पनि योगदान दिँदै आएका छन् ।

प्रस्तुत छ टुल्कुले चाइना सेन्ट्रल टेलिभिजनसँग गरेको कुराकानी ः

टिप्पणीहरू