पहिलो खेलमा इटहरी विजयी

पहिलो खेलमा इटहरी विजयी

ताप्लेजुङको भानु माध्यमिक विद्यालयको खेलमैदानमा हिजो भएको तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल खेलमा आयोजक टेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङलाई २ गोलले पराजित गर्दै द यङ ब्रदर्श क्लब इटहरी, सुनसरी सेमीफाइनलमा पुगेको छ।

इटहरीले १ गोलको विरोधमा २ गोल गरे। पहिलो हुने टोलीलाई गोल्डकप सहित नगद ७ लाख ५० हजार पुरस्कार दिइनेछ।

यस खेलमा ८ टोलीहरू प्रतिस्पर्धा गरिरहेका छन्। ८ टोलीले ७ दिनसम्म खेल्ने यस प्रतियोगिताको टिकट बिक्रीको लागि २० लाख १ हजार रुपैयाँमा ठेक्का दिइएको छ भने थप खर्चका लागि चन्दा संकलन समेत भइरहेको छ।

यस पटक खेलमैदानको सुधार गर्दै हरियो घाँस लगाउने काम पनि गरिएको छ, जसले खेललाई अझ रोचक बनाउने आयोजकहरूले बताएका छन्।

आज, भाद्र २५ गते, सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच दिनको २ः३० बजेबाट खेल हुने आयोजकले जानकारी दिएका छन्।

टिप्पणीहरू