डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए युवतीसङ्ग छमछम

डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए युवतीसङ्ग छमछम

बिहान जनै फेरेर रक्षाबन्धन गरेपछि अस्ति साँझ एकजना मन्त्रीका सचिव नाइट क्लबमा व्यस्त भेटिए । एमाले केन्द्रीय सदस्य एवम् उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले राजधानीको नाइट क्लबमा युवती उचाल्दै गरेको भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा भण्डारीले नीलो पोशाक लगाएकी एक युवतीलाई जुरुक्कै उचालेको देखिन्छ । भण्डारी ती युवतीसँग पहिल्यै परिचित थिए वा नाइट क्लब पुगेपछि मात्र परिचित भएका हुन्, त्यो भने खुलेको छैन । 

सामान्यतयाः नाइट क्लबहरुमा मदिराको नशापछि अपरिचित युवा–युवतीले पनि ‘सेयरिङ डान्स’ गर्छन् । खासगरी क्लबको डान्स फ्लोरमा अपरिचित युवा–युवतीहरु एकअर्कासँग नजिक हुने गर्दछन् ।

 

टिप्पणीहरू