चौधरीले ओसारे सर्बियामा १ करोड प्लस डलर
‘द्रव्य माननीय’, ‘माननीय व्यापारी’, ‘विवादास्पद व्यापारी’ को उपमा पाएका विनोद चौधरीले सगौरव युरोपेली मुलुक सर्बियामा खुलेको वाइवाइ कारखानाबाट उत्पादित चाउचाउ युरोपका विभिन्न मुलुकमा बिक्री भइरहेको विवरण सामाजिक सञ्जालमार्फत दिएका छन् । छोरो बरुण चौधरीसहितको फोटो सेयर गर्दै उनले यसलाई निकै खुशीको क्षण पनि भनेका छन् ।
सन् २०१७ मा बनाइएको उक्त कारखानामा चौधरीले सिजी फुड्स सर्बियाको नामबाट लगानी गरेका हुन् । सर्बियाको सि न्युजले आठ वर्षअघि उक्त कारखाना चौधरीको सिनोभेसन ग्रुप अन्तर्गतको सिजी फुड्स सर्बियाले एक करोड सात लाख अमेरिकी डलर लगानीमा खुलेको समाचार प्रकाशित गरेको थियो । कारखानाको उद्घाटनमा चौधरीले त्यहाँका तत्कालीन राष्ट्रपति एलेक्जान्डर भुचिचलाई सामेल गराएका थिए । उक्त समाचारमा नेपालमा मुख्यालय रहेको सिजिनोभेसन ग्रुप अन्तर्गत हाल विश्वभर ४८ कम्पनी रहेको विवरण पनि प्रकाशित गरिएको थियो ।
"चौधरीको स्वदेशमा रहेको भनिएको सिनोभेसन ग्रुपले गरेको उक्त लगानीका निम्ति नेपाल सरकारले कहिले स्वीकृत दियो भनेर कहीं कतै खुलाइएको छैन । नेपालीले यताको पुँजी लगेर विदेशमा लगानी गर्नसक्ने व्यवस्था हालसम्म छैन । तर,आठ वर्षअघि नै एक करोडभन्दा बढी डलर कसरी सर्बिया पुर्याइयो त्यसको जानकारी सांसदको नाताले नागरिकसमक्ष दिनुपर्छ कि पर्दैन ?"
तर,चौधरीको स्वदेशमा रहेको भनिएको सिनोभेसन ग्रुपले गरेको उक्त लगानीका निम्ति नेपाल सरकारले कहिले स्वीकृत दियो भनेर कहीं कतै खुलाइएको छैन । नेपालीले यताको पुँजी लगेर विदेशमा लगानी गर्नसक्ने व्यवस्था हालसम्म छैन । तर,आठ वर्षअघि नै एक करोडभन्दा बढी डलर कसरी सर्बिया पुर्याइयो त्यसको जानकारी सांसदको नाताले नागरिकसमक्ष दिनुपर्छ कि पर्दैन ?
सरकार र ठूला नेताको मुख बुझो लगाए पनि नेपाली अर्बपति डलर माननीय भन्दै उनले सिंगापुर,ढाका,नयाँ दिल्ली,दुबई,कोलम्बो,मरिसस, हङकङ,मनिलास्थित कम्पनीका नाममा ओसारेको धनलाई अन्यत्रझैँ यहाँ पनि लुकाइएको प्रष्ट देखिन्छ ।
टिप्पणीहरू