पद्धतिमा चले पो राम्ररी धानिन्छ प्राण
संसार पद्धतिमा चलेको छ । चन्द्र, सूर्य, तारा, ग्रह सबै पद्धतिमा छन् अर्थात प्रकृति आफ्नो नियम र पद्धतिमा छ र त हामी अस्तित्वमा छौँ ।
यसरी संसार पद्धतिमा चलिरहँदा बुद्धि, विवेक, चेतना भएका संसारकै सर्वश्रेष्ठ हामी मानिस भने पद्धतिलाई लत्याएर, कुल्चिएर आफूखुशी चलिरहेका छौँ । हाम्रा प्रत्येक क्रियाकलाप प्रकृतिको नियम विपरीत छन । सोचविचार, ब्यवहार, चिन्तन, आनिवानी, चरित्र, खानपान सबै अप्राकृतिक हुन थाले । जसले गर्दा शारीरिक र मानसिक दुवै किसिमका पीडाबाट गुज्रिरहेका छौँ ।
हामीलाई हरेक कुराको परिणाम चाँडोभन्दा चाँडो चाहिएको छ । धैर्य गर्न पटक्कै चाहँदैनौं । यहाँसम्म कि छोराछोरीलाई स्कूल भर्ना गर्न पाएका छैनौं, यसले एसईई कहिले पास गर्ने होला’ भनेर सपना देख्न थाल्छौँ । उनीहरूलाई थाहा छ लगातार पास गर्दै गए एसईई पास गर्न १३ वर्ष लाग्छ । यो थाहा पाउँदा पाउँदै १३ वर्षदेखि नै तनाव लिन थाल्छन् । अझ कसैले त छोराछोरी पहिलो, दोस्रो पोजिसनमा आए, एक तह कक्षा चढाउन विद्यालयलाई आग्रह गर्न थाल्छन् । युकेजीबाट एकैपटक दुई कक्षामा भर्ना गरिदिन्छन् ।
जसले गर्दा फट्किएको कक्षाको विषयवस्तुसम्बन्धी ज्ञान बच्चालाई हुँदैन । हरेक कक्षाको विषयवस्तु एक अर्को कक्षासँग अन्तरसम्बन्धित हुन्छन् । जसकारण तल्लो कक्षामा जतिसुकै तिक्ष्ण, अब्बल भए पनि पढाइमा कमजोर बन्दै जाने खतरा रहन्छ । राम्रो परिणाम नआएपछि स्तरीय कलेजहरूले भर्ना लिँदैनन् । चाहेको विषय पढ्न पाइन्न ।
उजुरी गरौं न त भने पनि कानुन विपरीत २० वर्ष नपुगी विवाह गरिएको छ । ज्याला मजदुरी गरौं भने उमेरका कारण कडा मिहिनेत गर्ने अवस्था छैन ।
सानै उमेरमा हुने प्रेमविवाह, सामाजिक सञ्जालमार्फत हुने च्याटिङले अत्यन्तै विकृत रूप धारण गरिरहेको छ । ७/८ कक्षामा पढ्दापढ्दै भागेर शहर पस्ने प्रवृत्तिले थुप्रै दुर्घटना निम्त्याइरहेको पाइन्छ । बाबु आमाको डरले जोडी घर जान नसक्ने अवस्था एकातिर रहन्छ भने अर्कोतर्फ शहरमा होस् वा अन्यत्र नागरिकताविना रोजगारीको अवसर नमिल्दा बेरोजगारीले पिरोल्न थाल्छ ।
नागरिकता बनाउन १८ वर्ष पुग्नुपर्ने र बाबुको सिफारिस पनि चाहिने हुँदा झनै चिन्ता थपिन पुग्छ । कहीँ उजुरी गरौं न त भने पनि कानुन विपरीत २० वर्ष नपुगी विवाह गरिएको छ । ज्याला मजदुरी गरौं भने उमेरका कारण कडा मिहिनेत गर्ने अवस्था छैन । सानोतिनो व्यापार व्यवसाय गरौँ– लगानी गर्न पैसा छैन । कलिलै उमेरमा गर्भवती हुँदा स्वास्थ्यमा असर पर्न जाने समस्या अर्को छ ।
यसरी विवाह हतार र लहडमा गरिँदा आउने मानसिक र शारीरिक पीडा अत्यन्तै दर्दनाक हुने गर्दछ । परिवार, समाज र कानुनले समेत स्वीकार नगर्ने भएपछि कतिपय केटाकेटीले बाँच्ने आधार कतैबाट नदेखेर आत्महत्याको बाटो अपनाएका घटना थुप्रै देखेका छौँ, सुनेका छौँ ।
छिटो अकुत सम्पत्ति कमाएर महङ्गो लक्जरी गाडी, गगनचुम्बी महल प्राप्तिका लागि भ्रष्टाचारको सहारा लिन थाल्छौँ । कमिशन, घुसखोरीका लागि दलाल, तस्करीसँग संगत गर्न थाल्छौँ । यसरी अनैतिक ढंगले बाटोबाट प्राप्त धन दिगो नहुने हुँदा एकदिन यो वा त्यो माध्यमबाट नराम्रोसँग फस्ने छौँ । आफू त बर्बाद हुन्छौँ नै सम्पूर्ण परिवारलाई समेत डुबाउँछौं ।
प्रकृतिले स्वस्थबर्धक र अर्गानिक पौष्टिक आहार दिएको छ तर हामीले त्यसलाई लत्याएर अप्राकृतिक आहार ग्रहण गर्न थाल्यौं । पकाएर खान समय लाग्ने भएकाले नपकाइकनै खाने चिजको खोजी गर्न थाल्यौं । रोटी, ढिंडो, मकै, भात खान छाडेर कहिले कहिलेदेखि बनाएका वर्षौंसम्म नसडोस् भनेर स्वास्थ्यलाई गम्भीर हानी पुर्याउने खालका केमिकल हाली बनाइएका फास्टफुड, जंकफुड खान थाल्यौं ।
साधा किसिमले खानुपर्ने कुरालाई चिल्लो, पिरो, अमिलो, मसालेदार बनाएर खान थाल्यौं । स्वास्थ्यका निम्ति होइन मन र जिब्रोलाई चित्त बुझाउनका लागि खान थाल्यौं । बाँच्नका लागि खाने होइन, खानका लागि बाँच्न थाल्यौं । मौसमअनुसार समय लगाएर उत्पादन हुने खानेकुराको ठाउँमा बेमौसमी र बेसमयमा छिटो र धेरै फल्ने हाइब्रिड खानेकुरा खोज्न थाल्यौं जसमा कुनै पनि पौष्टिक तत्व पाइँदैन । र, त हामी कलिलै उमेरमा अत्यन्तै पीडादायी गम्भीर खालका असाध्य रोग हर्टअट्याक, ब्रेनहेम्रेज, स्ट्रोक, क्यान्सर, सुगर, प्रेसर, मिर्गाैलासम्बन्धी रोगबाट आक्रान्त भैरहेका छौँ ।
हामी मिहिनेत नै नगरी कम्फर्ट जोनमा बसेर सफल व्यक्ति बन्ने चाहना राख्छौँ । सफल जति पनि मानिस छन्, उनीहरू मिहिनेत नै नगरी छोटै समयमा सफल भएका होइनन् । सफल व्यक्तिको पछाडि संघर्षका थुप्रै कथा, व्यथा लुकेका हुन्छन् । छिटो परिणाम खोज्नेभन्दा पनि उचित परिणामसहितको दिगो उपलब्धि प्राप्ति हुने काम गर्यौं भने पक्कै सफल बन्ने छौँ र जीवन सुखी, खुशी र सुन्दर बन्नेछ ।
टिप्पणीहरू