चाडपर्वमा अस्पताललाई आंशिक सेवा दिन निर्देशन

चाडपर्वमा अस्पताललाई आंशिक सेवा दिन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वका बेला पनि अस्पतालबाट प्रवाह हुने नियमित सेवा आंशिक रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । 

दशैं, तिहार, छठ पर्वमा लामो बिदा हुँदा बिरामीले लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन उपलब्ध जनशक्ति र स्रोत साधनबाट आंशिक सेवा सञ्चालन गर्न निर्देशन दिइएको हो । यद्यपि, अत्यावश्यक, इमर्जेन्सी, अपरेशनजस्ता सेवाहरु भने सदाझैं यथावत रुपमा सञ्चालन गर्न भनिएको छ ।

‘नजिकै आइरहेको बडादशैं, नेपाल सम्वत, तिहार, छठ पर्वको समयमा लामो बिदा हुने भएकाले बिरामीहरुलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रुपले उपयोग गरी आआफ्नो स्वास्थ्य संस्थाबाट नियमित रुपमा दिइने सेवाहरु उक्त बिदाका दिनहरुमा समेत आंशिक रुपमा सञ्चालन गर्नुहुन र अत्यावश्यक सेवा, इमर्जेन्सी, अपरेशनजस्ता सेवाहरु सदाझैं यथावत रुपमा सञ्चालन गर्न गराउनुहुन अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू