महिला सचिवलाई जुम्रा नमार्न उर्दी

महिला सचिवलाई जुम्रा नमार्न उर्दी

आफूलाई जेनजीको लिडर दावी गर्ने ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङ्गले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई ‘जुम्रा मारेर र कुरा काटेर नबस्न’ निर्देशन दिएका छन् । भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगेका गुरुङ्गले महिला सचिव बस्नेतलाई त्यसो भनेका हुन् । 

आफूलाई ‘सवारी खोइ त ?’ भनी शुरुमै असन्तुष्टि पोखेका उनले शपथ ग्रहण सकेर निस्किने क्रममा महिला सचिवको अगाडि उभिएर ‘अब काम गर्ने, जुम्रा मारेर र कुरा काटेर बस्ने होइन’ भनेको स्रोत बताउँछ । स्रोतका अनुसार गुरुङ्गले त्यसो भनिरहँदा कानुन सचिव पाराश्वर ढुंगाना र कानुन आयोगका सचिव तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईकी श्रीमती इन्दिरा दाहाल छेउमै थिए । 

‘शपथ ग्रहणमा आउनेबित्तिकै उनले मलाई कारकेड खोइ भन्दै असन्तुष्टि पोखे । निस्किदाँखेरि महिला सचिवलाई काम गर्नु, जुम्रा मारेर र कुरा काटेर नबस्नु भनी उर्दी दिए’, स्रोतले भन्यो ।

(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू