रातिदेखि पूर्वी नेपालमा लगातार वर्षा

रातिदेखि पूर्वी नेपालमा लगातार वर्षा

हिजो र अस्तिको झैँ लगातार मुसलधारे पानी पार्ने प्रणाली भने मध्य र पश्चिम नेपालबाट पूर्वतर्फ सरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यका वरपर हिजो झैँ ठूलो वर्षाको संकट अब टरेको छ । 

हिजोको यताको ठूलो पानी पार्ने प्रणाली कोशी प्रदेशतिर सरेको छ । रातिदेखि पाँचथर, इलाम, झापा, सुनसरीमा ठूलो वर्षा भइरहेको छ । सम्भवतः भरे रातिदेखि पानी पर्ने क्रम मत्थर हुने छ । 

हिजो सबैभन्दा बढी पानी रौतहटमा, अस्ति कैलालीमा परेको थियो ।

टिप्पणीहरू