मुलुकको सुरक्षा अवस्थाबारे छलफल

मुलुकको सुरक्षा अवस्थाबारे छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बिहान पौने ११ बजेदेखि साढे १२ बजेसम्म सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल गरिएको बताइन्छ । 

बैठकमा गृह सचिव रामेश्वर दंगाल, नेपाली सेनाका रथी प्रदीप जंग केसी, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू