विश्वको घर जल्यो,निलमले सिकिन् पाठ

विश्वको घर जल्यो,निलमले सिकिन् पाठ

भदौ २४ गतेको जेन जी विध्वंशमा राष्ट्र बैंकका गभर्नर विश्व पौडेल र पूर्व गभर्नर महाप्रसाद अधिकारीको घर जलाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार एवम् पूर्व गभर्नर युवराज खतिवडाको घर भने जल्नबाट ‘बालबाल’ जोगिएको छ ।

त्यतिबेला बैंकको काजमा जापानको राजधानी टोकियो पुगेकी बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले काठमाडौं फर्केलगत्तै काठमाडौं हात्तिगौंडा नजिकैको घर बीमा गराएकी छन् । स्रोतका अनुसार निलमले राजनीतिक दलसँग आबद्धताको आरोपमा अपराधीहरुले कथमकदाचित बदमासी गरेको अवस्थालाई ध्यानमा राखेर घर बीमा गराएकी हुन् । उनी जापानको औपचारिक कार्यक्रम सकिएपछि त्यहाँ रहेका छोरासँगै घुमघाममा भत्तासहितको १० दिन अनिवार्य भ्रमण बिदा सकाएर चीनको मकाउ फर्केकी थिइन् । जापानदेखि मकाउ र मकाउपछि काठमाडौंसम्मको  खर्च पनि बैंकको औपचारिक भ्रमण अन्तर्गत गरिएको हो ।

आफू बस्दै आएको घरको ९० लाख र घरभित्रका सामानको १० लाख गरेर एक करोडको बीमा गराएकी हुन् ।

निलमले घरको बीमा गरेकोबारे बैंकस्थित उनको सचिवालयले कुनै जानकारी नभएको बतायो । निलम निकटस्थ पारिवारिक स्रोतका अनुसार  उनले आफू बस्दै आएको घरको ९० लाख र घरभित्रका सामानको १० लाख गरेर एक करोडको बीमा गराएकी हुन् । आगजनी, प्राकृतिक प्रकोपलगायतमा बीमा कभर हुने यसका लागि हालको अवस्थामा वार्षिक प्रिमियम रकम करिब ७ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

गत जेठ ६ गते गभर्नर नियुक्त पौडेलसँगै निलम प्रतिस्पर्धी थिइन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र सल्लाहकार खतिवडाको खास उम्मेदवारको रुपमा अर्थ्याइएकी उनले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेर टाँग अड्याएका कारण भट्ट गभर्नर नियुक्त हुनबाट वञ्चित भएका थिए । उनै भट्ट अनिवार्य अवकाशका लागि ३० दिने बिदामा बसेका छन् ।

टिप्पणीहरू