गोदावरी पुनःनिर्माणमा पाँच दिनको तलब
लितपुरको गोदावरी नगरपालिकाले जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सम्पत्तिको पुनःनिर्माणका लागि विशेष अभियान सुरु गरेको छ।
नगरभित्रका क्षतिग्रस्त प्रहरी कार्यालय, वडा कार्यालय र अन्य सार्वजनिक भवन पुनःनिर्माणका लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट पाँच दिनको तलब सहयोगस्वरूप संकलन गरिएको नगरपालिका स्रोतले जनाएको छ।
हालसम्म जम्मा ५१ लाख ४४ हजार ९७४ रुपैयाँ नगर विपद् व्यवस्थापन कोषमा जम्मा भएको गोदावरी नगरपालिकाले जनाएको छ।
टिप्पणीहरू