रोकिएन मधेशमा छुट्टिने र जोडिने क्रम

रोकिएन मधेशमा छुट्टिने र जोडिने क्रम

सिके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भई बनेको जनस्वराज पार्टी (जस्वपा) लाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । आयोगका अनुसार दीपककुमार साहको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिसहित जनस्वराज पार्टी अस्तित्वमा आएको छ ।

पार्टीको झण्डामा नीलो, सेतो र रातो रंगका ठाडा धर्का (स्ट्रीप) रहनेछ भने गोलाकार छापमा पार्टीको नाम अंकित रहने आयोगले जनाएको छ।

हालका लागि जनस्वराजले निर्वाचन चिन्ह माग नगरेकाले आयोगले पहिले दर्ता भइसकेका दलसँग नदोहोरिने गरी उपयुक्त चिन्ह प्रस्ताव गर्न निर्देशन दिएको छ। 

जनस्वराज पार्टीका अध्यक्ष दीपक साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष थिए। तर, पार्टी नीति विपरीत गतिविधि गरेको आरोपमा जनमतले उनलाई गत साउन २२ गते साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो।

टिप्पणीहरू