च्यासलमा चियापान, ओलीलाई स्कर्टिङ
नेकपा एमालेले पार्टी मुख्यालय च्यासल परिसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेटघाट तथा चियापान कार्यक्रमको अध्यक्षता अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
कार्यक्रममा सहभागी गराउन भक्तपुरको गुण्डुदेखि ओलीलाई युवा संघका नेता तथा कार्यकर्ताले एक दर्जन गाडी र दुई दर्जन मोटरसाइकलको स्कर्टिङमा कार्यक्रमस्थल पुर्याइएका हुन् ।




टिप्पणीहरू