माग राख्नेसँगै माग्न थालियो

माग राख्नेसँगै माग्न थालियो

गत भदौ २४ गतेसम्म सरकारसमक्ष आफ्ना मागहरु राख्दै आएको जेन जी समूह र तिनका  अगुवासमक्ष नयाँ परिस्थितिमा माग राख्नेहरू देखिन थालेका छन् । जेन जी युवा मिरज ढुंगानाले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा शहीद परिवारका तर्फबाट मागहरू सार्वजनिक गरिएको छ । 

ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने माग दोहोर्याएका छन् । सोही क्रममा शहीद परिवारका प्रतिनिधि इन्द्रजित साफीले ‘जेन जी आन्दोलनमा गोली चलाउनेमाथि छानबिन, शहीद परिवारका लागि निःशुल्क शिक्षा, उपचार र रोजगारीको व्यवस्था’ को माग गर्दै सात बुँदा सार्वजनिक गरेका हुन् ।

ढुंगानालगायतकै सिफारिसमा गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जिम्मेवारी सम्हालेपछि जेन जीका अगुवाहरू पनि अहिले सरकारपक्ष बनेका छन्।
 

टिप्पणीहरू