चियापानमा जनार्दन अनुपस्थित, जेनेरेसन जेड नयाँ उत्तराधिकारी !
पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रमलाई माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनेरेसन जेडका युवा कार्यकर्तालाई सम्बोधन गर्नु भएको छ। कार्यक्रमको प्रारम्भिक चरणमा जनार्दन शर्मा अनुपस्थित रहेको बताइन्छ।
प्रचण्डले युवा कार्यकर्तालाई आफ्नो मित्र र शत्रु छुट्याउन निर्देशन दिँदै भने, ‘पछिल्लो आन्दोलनलाई आतंककारी भनेर गलत रूपमा व्याख्या गरिएको छ। उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको हकमा लड्दा हामीलाई पनि यस्तै भनिएको थियो।’
प्रचण्डले आफ्नो मित्र शक्तिलाई नचिने क्रान्ति असफल हुने चेतावनी दिँदै भने, ‘जसले तपाईंलाई माया गर्छ, साथ दिन्छ — उसलाई चिन्न सक्नुपर्छ। दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ।’
वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने माओवादीको निश्कर्ष छ । आगामी फागुन २१ गतेको निर्वाचन संविधानसम्मत र राष्ट्रिय सहमतिका साथ सम्पन्न गर्न सबै पक्षको ऐक्यबद्धता जरुरी भएको प्रचण्डको भनाई छ ।
संसद पुनःस्थापनाको विषयमा प्रचण्डले पहिले केपी ओली नेतृत्वमा संसद विघटन भएकाले अहिले उनीहरुकै समूहले संसदको कुरा गर्नु विडम्बनापूर्ण रहेको बताए । उनले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको संज्ञा दिएका छन् ।
टिप्पणीहरू