एमाले नेताले उठाए दलाई लामाको प्रसंग
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेन जी प्रदर्शन र विध्वंश’ लाई भूराजनीतिक चलखेलको संज्ञा दिएका छन् । एमाले मकवानपुरको बिस्तारित भेला तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालैको कहालीलाग्दो घटना पछाडि विश्व राजनीतिका खेलाडी र भूराजनीतिकको हस्तक्षेप रहेकोे टिप्पणी गरे ।
उनले भने ‘नेपालको इतिहासमा पहिलो पटक दलाई लामाले सुशीला कार्की नेतृत्वको सरकारलाई बधाई दिएकाले पनि भूराजनीतिक चलखेल स्पष्ट भएको छ ।’ ज्ञवालीका अनुसार चीनविरोधी गतिविधिका लागि अदृश्य शक्तिहरूले नेपालमा वातावरण तयार पार्न खोजेको यसबाट स्वतः पुष्टि हुन्छ ।
भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि बनेको आयोगको प्रतिवेदनप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘सरकारले आयोगलाई दिने निर्देशन एमालेलाई पहिले नै थाहा छ, त्यसैले छानबिनको अर्थ छैन।’
टिप्पणीहरू