केन्द्रीय सुरक्षा समितिमा को-को सामेल ?
केन्द्रीय सुरक्षा समितिको आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र शान्ति सुरक्षाबारे छलफल भएको छ । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बिहान पौने १२ बजेदेखि बसेको थियोे ।
बैठकमा गृहसचिव रामेश्वर दंगाल, रक्षासचिव सुमनराज अर्याल,सेनाका रथी प्रदीपजंग के.सी.,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायतको उपस्थिति थियो ।
बैठकमा मुलुकको वर्तमान सुरक्षा अवस्थासँगै आगामी राजनीतिक गतिविधि,चाडबाडपछि हुनसक्ने राजनीतिक विरोध कार्यक्रमहरुबारे छलफल भएको बताइएको छ ।
टिप्पणीहरू