सरकार खारेजीको माग गर्दै माओवादीसँग एकता गर्ने निर्णय
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेजीको पक्षमा उभिएको छ।
सो पार्टीको केन्द्रीय कमिटी बैठकले अहिलेको सरकार विघटन गरी सर्वपक्षीय नयाँ सरकार गठन गर्नुपर्ने माग अघि सारेको हो । असोज २६ देखि ३० गतेसम्म कपिलवस्तुको शिवगढीमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै विप्लवले जारी गरेको विज्ञप्तिमा जेन जीसहित महिला, किसान, मजदुर, जनजाती, मधेशी, बुद्धीजीवी र राजनीतिक दलहरू सम्मिलित राष्ट्रिय सरकारको पक्षमा जोड दिइएको छ ।
उच्चस्तरीय संविधान लेखन आयोग गठन गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचनमा जानुपर्ने निर्णय पनि नेकपाले गरेको छ । मुलुकलाई भ्रष्टाचारी, दलाल, माफिया र तस्करबाट जोगाउन तत्काल पाँच सय र एक हजारको नोट खारेज गरेर नयाँ नोट प्रयोगमा ल्याउनुपर्ने प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको जनाइएको छ ।
समाजवादी मोर्चामा आवद्ध भएका र माओवादी घटकहरुसँग पार्टी एकताको प्रक्रिया आरम्भ गर्ने अर्को निर्णय सो पार्टीले गरेको छ । निर्णयको १४ नम्बर बुँदामा भनिएको छ, ‘जेन जी विद्रोहपछि कम्युनिष्टहरुबीचको एकता झनै जरुरी बनेको छ, ...यसका लागि नेकपाले मोर्चामा आवद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिष्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँबाट जुनकुनै योगदान गर्न तयार रहने निर्णय गरिएको छ ।’
यी हुन् नेकपाका १७ निर्णयः

टिप्पणीहरू