म देश र जनताप्रति बफादार छु : केपी ओली

म देश र जनताप्रति बफादार छु : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताउनुभएको छ ।

जेन—जी आन्दोलनपछि सरकार छोड्न बाध्य हुनुभएका उहाँले आज पहिलो पटक पत्रकार सम्मेलन गरी देश र जनताप्रतिको आफ्नो निष्ठा कायमै रहेको बताउनुभयो । ओली भन्नुहुन्छ,‘देश अनिश्चयमा गएको छ । देश, जनताप्रति मेरो बफादारिता छ ।’

आफ्नो बफादारिताप्रति मन पर्नु वा नपर्नु व्यक्तिको रोजाईको विषय भएको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन्’, उहाँले भन्नुभयो ।  

अध्यक्ष ओलीले आफू सत्यको पक्षमा लागि परेको र लागिरहने समेत बताउनुभयो ।
 

टिप्पणीहरू