शेरबहादुर,आरजू र दीपक खड्कालाई लगालग राहदानी

शेरबहादुर,आरजू र दीपक खड्कालाई लगालग  राहदानी

काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,श्रीमती डा.आरजू राणा देउवा र पूर्व ऊर्जामन्त्री दिपक खड्काले जेन जी आन्दोलनपछि एकै दिनमा राहदानी बनाएको पाइएको छ । बूढानीलकण्ठस्थित निवास जलाइएपछि झण्डै एक महिनाको उपचारपश्चात् देउवा जावलाखेलस्थित ससुराली घरमा बस्दै आएका छन् ।

खड्का भने जलाइएको घरको आँगनमा आज बिहान प्रकट भएका छन् । खड्काले श्रीमती विनिता थापा खड्का र छोरा दिपांशको नाममा गत भदौ ३१ गते मंगलबार गोप्य तवरबाट राहदानी बनाएका रहेछन् । प्राप्त विवरणअनुसार १६ सेप्टेम्बरका दिन दिपकका नाममा बीए ०३९०२४८ नम्बरको राहदानी जारी भएको थियो । 

त्यसैगरी श्रीमती विनिता र छोरा दिपांशको नाममा क्रमशः पिए ४५९६२६० र बिए०३९०२४७ नम्बरको राहदानी पनि सोही दिन जारी भएको देखिन्छ । 

देउवा पत्नीका नाममा राहदानी असोज ३ गते संविधान दिवसको दिन जारी भएको थियो । पूर्व प्रधानमन्त्री देउवाको नाममा पिए ४५९८८०२ र राणाको नाममा पिए ४५९८८०१ नम्बरको राहदानी विभागबाट उपलब्ध गराइएको हो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार र छोरा निर्भिकको नाममा असोज ६ गते घटस्थापनाको दिन राहदानी बनाइएको देखिन्छ । भदौ २४ गतेको विध्वंशमा स्वयम्भू नजिकैको डल्लूस्थित निवास प्रदर्शनकारीहरुले जलाउँदा श्रीमती चित्रकार घरभित्रै थिइन् । अचेत अवस्थामा फेला परेकी उनलाई काठमाडौंमा उपचारपछि नयाँ दिल्ली लगिएको छ । काठमाडौंबाट नयाँ दिल्ली लैजान उनको र छोराको राहदानी बनाइएको हो ।

टिप्पणीहरू