युक्रेन युद्धमा खटिएका माओवादी पूर्वलडाकुको बढुवा !
रुसी सेनामा भर्ना भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सनको कमाण्डरमा बढुवा भएको छ । दुई वर्षअघि रुसी सेनामा जुनियर सर्जेन्टबाट भर्ती भएका उनी सेक्सन कमाण्डरमा बढुवा भएको जनाएका छन् ।
सामाजिक सञ्जालमा जानकारी गराएका म्याग्दी घर भएका डायमण्ड जनयुद्ध कालमा माओवादी लडाकु थिए । तर, शान्ति प्रक्रियापछि २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला सेना समायोजनापश्चात् उनले स्वेच्छिक अवकाश लिएका थिए ।
जनयुद्धमा सहभागी हुँदा आफूले देखेका कैयौं सपना अधुरै भएपनि रुसको पक्षबाट रुस–युक्रेन युद्धको हिस्सा बन्ने कठोर निर्णय लिएको बताउँदै लेख्छन्, ‘भीषण युद्धबीच आफ्नै जीवनको कुनै ग्यारेन्टी नहुने परिस्थितिमा समेत सुरुमा रसियन सेनाको जुनियर सर्जेन्ट अर्थात् सेक्सन सहकमाण्डर र पछिल्लो पटक सर्जेन्ट अर्थात् सेक्सन कमाण्डरको रुपमा अग्रमोर्चामा खटेर प्राइमरी एसल्ट सेक्सनलाई कमाण्ड गर्ने विषय सहन त थिएन नै, यद्यपि युद्धकालिन समयको मागअनुसार जिम्मेवारी पूरा गर्नैपर्ने रहेछ ।’
टिप्पणीहरू