सूर्य थापालाई दिइएको सल्लाह

सूर्य थापालाई दिइएको सल्लाह

‘थापा काजीको छोरा हुँ, मैले बोल्दा कसैलाई चित्त बुझ्छ/बुझ्दैन उसको कुरा हो ।’ छुच्चो नबोल्नुहोस् भनेर सुझाव दिनेहरूलाई यसरी जवाफ दिन्छन् एमाले पोलिटब्युरो सदस्य सूर्यबहादुर थापा क्षेत्री । जेनजी आन्दोलनपछि फेसबुकमा धारावाहिक लेखिरहेका छन् । आन्दोलन र सरकारको आलोचना गरिहेका छन् । 

धेरै नेता–कार्यकर्ताले अध्यक्ष ओलीको आलोचना गरिरहेका बेला उनी फेसबुकमा ओलीको बचाउमा निरन्तर लागेका छन् । 

एमाले नेताहरूका अनुसार थापालाई ओलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनाउने र भदौ २६ वा २७ गते शपथ गर्ने भनी बचन दिएका थिए ।

विधान महाधिवेशनको अन्तिम दिन भदौ २२ गते ओलीले शपथको सम्भावित दिन सुनाएका थिए । थापाले भने भौतिक पूर्वाधार मन्त्रालयमा रहर गरेका थिए । थापासँग ओली खुशी भएर अजरबैजान सँगै लगेको, भूमिमन्त्री बनाउने कन्फर्म गरेको अवस्थामा थापाले महासचिव शंकर पोखरेलसँग समेत दुर्ई मन्त्रालयमध्ये कुन लिँदा निर्वाचनलाई फाइदा हुन्छ भनेर छलफल गरेका थिए । 

एक जना नेताका अनुसार ओलीले फागुनमा राष्ट्रिय सभा सदस्यको पद सकिन लागेकी भगवती न्यौपानेलाई सांसद विना पनि मन्त्री हुन पाइने ६ महिने अवधीसमेत गणना गरेर एक वर्षका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाएका थिए । 

(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू