जेन जीको पहिले आन्दोलन हाइज्याक, अहिले ‘दल’

जेन जीको पहिले आन्दोलन हाइज्याक, अहिले ‘दल’

रुपन्देहीका हिराबहादुर सेती उर्फ किरण विकले ‘राष्ट्रिय जेन जी पार्टी नेपाल’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आफ्नो अध्यक्षतामा दल दर्ताका लागि उनले आयोगमा निवेदन दर्ता गराएको बताए ।

केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा रहने दलको चुनाव चिन्ह ‘क्रस खुकुरी’ राखिएको छ । सम्भवतः तिहारपछि दल दर्ता हुने किरणले जानकारी दिए । जनआस्थासँगको कुराकानीमा उनले भने,‘निवेदन त दर्ता गरायौं, उहाँहरुले अध्ययन गर्न केही दिन लाग्छ भन्नुभएको छ । चुनाव चिन्हलाई लिएर सेनाले आपत्ति जनाउने हो कि भन्ने लागेको छ, हेरौं के हुन्छ ।’

आफूलाई शहरी विकासको जानकार भन्ने विक चलचित्र क्षेत्रमा पनि संलग्न छन् । यसअघि आयोगले कात्तिक १७ गतेलाई तोकिएको उपनिर्वाचनमा रुपन्देही–३ मा उम्मेदवारी घोषणा गरेका थिए । 

तर भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशले उपनिर्वाचन रद्द भएपछि उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आफूलाई मन्त्री बनाउनुपर्ने माग राख्दै आएका थिए । उक्त माग पूरा नभएपछि अहिले नयाँ दल गठन गरेका हुन् ।

टिप्पणीहरू