गृहमन्त्री भेट्न पुग्यो घाइते टोली

गृहमन्त्री भेट्न पुग्यो घाइते टोली

गृहमन्त्री ओम प्रकाश अर्यालसँग जेन जी प्रदर्शन र विध्वंशमा घाइते टोलीले भेटवार्ता गरेको छ । उनीहरुबीच बिहान साढे ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा कुराकानी भएको बताइन्छ । 

छलफलमा कृष्ण सुनार, अनिल न्यौपाने, सुयोग राई, बादल राई, सघर्ष भुसाल, सुरेन्द्रजंग थापा, अशोक राई, ललितमान तामाङ, युवराजजंग थापा, मनोजबहादुर बोहरा, रुपिन खड्का, निरज मण्डल, अम्बादत्त भट्ट, नारायण श्रेष्ठ, भूमिराज राई, विजेस तामाङलगायत डेढ दर्जनको उपस्थिति थियो ।

टिप्पणीहरू