पूर्वराष्ट्रपति र सेनापतिबीच सरसल्लाह
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानसेनापति अशोकराज सिग्देलले भेटवार्ता गरेको खबर छ । पूर्वराष्ट्रपति र प्रधानसेनापतिबीच आज दिउँसो डेढ घण्टा कुराकानी भएको थियोे ।
भण्डारीको भंगालस्थित घर भदौ २४ गतेको विध्वंशमा जलाइएपछि बालुवाटारस्थित छोरी उषाकिरणको निवासमा बस्ने प्रबन्ध मिलाइएको छ । प्रधानसेनापति सिग्देल आज बालुवाटार लम्टगिंनमार्गस्थित उषाकिरणको निवासमा दिउँसो पौने २ बजे पुगेर सवा ३ बजेको हाराहारीमा निस्केको स्रोतले बतायो ।
भेटको विषय र कुराकानीबारे केही खुलाइएको छैन ।
टिप्पणीहरू