प्रधानमन्त्रीले बोलाएपछि हामी गएका हाैं : वर्षमान पुन
फाइल फोटो
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएपछि आफूहरु बालुवाटार गएको बताएका छन्। उनले भेटमा आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नु नै देशको राजनीतिक स्थायित्व र संविधानको कार्यान्वयनका लागि अपरिहार्य रहेको धारणा राखेको जानकारी दिए ।
ज ललितपुरमा तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा बोल्दै पुनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको धारणा दोहोर्याएका छन् । ‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। हामीले भन्यौं— माओवादी चुनावको पक्षमा छ । हामी चुनावी वातावरण बनाउँछौं, तर अरु दलले पनि त्यसका लागि योगदान दिनुपर्छ
उनले जेन जी प्रदर्शन र विध्वंशअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको असन्तुष्टि पहिल्यै बुझेर चेतावनीका रूपमा दिएको वक्तव्यलाई तोडमोड गरी माओवादीलाई बदनाम गर्ने प्रयास भएको टिप्पणी गरे। ‘प्रचण्डले सिंहदरबार जलाउन भनेका होइनन्, जनताको असन्तुष्टि सरकारले बुझोस् भन्ने सन्देश दिएका हुन्,’ पुनले भने।
टिप्पणीहरू