दलसङ्गको वार्तामा दुई पर्यवेक्षक

दलसङ्गको वार्तामा दुई पर्यवेक्षक

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग वार्ता गर्दा दुई जना पर्यवेक्षकलाई पनि साक्षी राख्न लागेको बुझिएको छ । 

राष्ट्रिय मान्यताप्राप्त विघटित संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने छलफलमा उनले दुई जना पर्यवेक्षक पनि राखेकी छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गते हुने भनिएको चुनावबारेको उक्त छलफलमा राजनीतिक दलहरूसँगै २ जना पर्यवेक्षक केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई डाकिएको हो । 

छलफलमा नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने छन् ।

 

 

 

 

कांग्रेसले छलफलमा निर्वाचनका लागि सुरक्षाको प्रत्याभूतिबारे ध्यानाकर्षण गराउने उसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको हतियार लुटपाट,आगजनी,तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्ने र फरार कैदीलाई नियन्त्रणमा लिन नसक्ने अवस्थामा निर्वाचन गराउने सकारको मानसिकता नरहेको उनले बताएका छन् ।

यसअघि राष्ट्रपतिसङ्गको बैठकमा एमालेले ईश्वर पोखरेल र शंकर पोखरेललाई पठाएको थियो । ईश्वर पोख्रेलको लाइन मिलेन भनेर अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष इश्वरका ठाउँमा उपमहासचिव ज्ञवालीलाई पठाउन लागेका हुन् ।

कांग्रेसबाट भने देउवाको इतर खेमाका उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा सहभागी हुँदैछन् । यसअघि राष्ट्रपतिसङ्गको छलफलमा कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापाले भाग लिएका थिए ।

उता नेकपा (माओवादी केन्द्र)का तर्फबाट सचिवालय सदस्य वर्षमान पुन र पम्फा भुसाल सहभागी हुँदैछन् । राष्ट्रपतिको बैठकमा नारायणकाजी श्रेष्ठ र वर्षमान पुन गएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र पूर्वसांसद सोविता गौतम सहभागी हुँदैछन् । राष्ट्रपतिले राखेको बैठकमा कार्यवाहक सभापति डीपी अर्याल सामेल थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी हुँदैछन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुँदैछन् । लोकतान्त्रि कसमाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह जान लागेका छ

छलफलमा एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र प्रकाश ज्वालाको सहभागिता रहेको छ ।

टिप्पणीहरू