व्यवस्थाको ऐना र आत्मपरिवर्तनको प्रश्न

व्यवस्थाको ऐना र आत्मपरिवर्तनको प्रश्न

नेपालमा विगतदेखि हालसम्मका शासक र प्रशासकको व्यवहार हेर्दा लाग्छ— सबैले कु–कर्मको विरोध गरेको जस्ता देखिए पनि त्यसको जरो छोड्न कसैले चाहेन । किसानको खेतमा छर्ने मलदेखि सुरक्षाकर्मीका हतियार खरिदसम्मको अनियमितता खोज्नेहरू धेरै भए, तर त्यसको परिणाममा कसैले आफ्नो जिम्मेवारी बोध गरेनन् ।

देशको समस्या केवल जेलमा नअटाउने कैदीहरूको संख्या होइन, बरु त्यो अवस्था सिर्जना हुने व्यवस्था नै हो। ठूला–ठूला पदमा पुगेकाहरूले आफैंले बनाएका भरियालाई “कु–काम”को ढाल बनाउँछन्। भौचरमा सही गर्नेदेखि बेइमानीको कमाइ लुकाउनेसम्मका सबै एउटै घेरा र एउटै सत्ताको जालमा बाँधिएका छन्। खलासी आफैं ड्राइभर बनेझैं, हरेक तहमा नैतिक पतनले आफ्नो रूप फेरेको छ।

एक ड्राइभरले सबै खलासीलाई सजाय दिन सक्दैन, त्यस्तै एउटा इमानदार व्यक्ति पनि भ्रष्ट संरचनाभित्र न्यायको नाता खोज्न असमर्थ रहन्छ। प्रहरीदेखि अदालतसम्मका निवेदन दर्ता नहुने, उच्च अधिकारीदेखि न्यायाधीशसम्मका निर्णय राजनीतिक “क्लब”मा टेकेको यथार्थ हामीले हरेक दिन देखिरहेका छौँ।

यस व्यवस्थाले चोर पक्रन्छ, तर ठूला चोरलाई कहिल्यै सजाय दिन सक्दैन । किनकि सबैको डोरी अन्त्यमा सत्ताको टेबलमा बाँधिएको हुन्छ। अब प्रश्न यो हो— के हामीले आफैंलाई नैतिकताको बन्धनमा बाँध्न सक्नेछौँ? जबसम्म आत्म–अनुशासन र इमानदारीको चेत जाग्दैन, तबसम्म सुधारको कुरा केवल भाषणमै सीमित रहन्छ।

साँचो परिवर्तन प्रणालीमा होइन, व्यक्तिको अन्तःकरणमा शुरु हुन्छ । जब हामी आफैं गलत बाटो छोड्न सिक्छौँ, तब मात्रै देशले पनि सही दिशा पाउँछ।

टिप्पणीहरू