प्रधानमन्त्री पाटन हुँदै भक्तपुर, वसन्तपुरको कार्यक्रममा बालेन बेखबर
प्रधानमन्त्री सुशीला कोइराला नेपाल सम्वत ११४६ प्रारम्भको उपलक्ष्यमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँ बिहान पौने ८ बजे पाटन कृष्ण मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुग्नुभएको थियो ।
त्यहाँबाट भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाः प्रतिष्ठानले आयोजित कार्यक्रममा सहभागी हुन पुग्नुभयो । शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण गर्नुभएका प्रधानमन्त्री काठमाडौंको वसन्तपुरमा आयोजित नेपाल सम्वत ११४६ को कार्यक्रममा सरिक हुनुभएको हो ।
नेपाल संवत् न्हुदँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको कार्यक्रममा महानगरका उपप्रमुख सुनिता डंगोललगायत पूर्व मेयर, काठमाडौंका पूर्व जनप्रतिनिधिहरु सहभागी कार्यक्रममा मेयर बालेन साह पुगेको देखिएन ।
टिप्पणीहरू