बालकोटको जलेकाे घर
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनमा जान लागेका छन् ।
भदौ २४ गतेको विध्वंशमा जलाइएका दुई वटा घर हेर्न उनी मध्यान्ह १२ बजे जाने कार्यक्रम रहेको बताइएको छ ।
राजीनामापछि भदौ २४ गते दिउँसो बालुवाटारबाट हेलिकोप्टरमा अज्ञातस्थलतर्फ गएका ओली असोज पहिलो सातादेखि भक्तपुरकै गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।
टिप्पणीहरू