गाईतिहारमा गृहमन्त्री गोरखनाथ र पशुपतिमा
गृहमन्त्री ओमप्रकाश अर्यालले पशुपतिनाथको दर्शन गरेका छन् । उनी आज बिहान पौने १० बजे पशुपति मन्दिर पुगेका हुन् ।
पशुपतिमा झण्डै एक घण्टा बिताएपछि मन्त्री अर्याल मृगस्थलीस्थित गोरखनाथ मन्दिर गएको बताइन्छ ।
यो वर्ष आज तिहारको पाँचौ दिन गाईतिहार, गोरुतिहार र गोवर्धनपूजा गरिँदैछ । नेवार समुदायले म्हःपूजा पनि आजै गर्दैछन् । भक्तपुरमा म्हःपूजा हिजै मनाइएको छ । आजदेखि नेपाल सम्वत ११४६ पनि शुरु भएको छ ।
टिप्पणीहरू