पूर्वराष्ट्रपतिद्वारा छलफल र भेटघाट निरन्तर

पूर्वराष्ट्रपतिद्वारा छलफल र भेटघाट निरन्तर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । भण्डारीसँग कुराकानी गर्न उपाध्यक्ष पोखरेल बिहान सवा १० बजे बालुुवाटार पुग्नुभएको छ ।

बूढानीलकण्ठ नजिकैको भंगालस्थित निवास भदौ २४ गतेको विध्वंशमा जलाइएपछि पूर्व राष्ट्रपतिको बसोबास बालुवाटारस्थित जेठी छोरी उषाकिरणको निवासमा मिलाइएको छ । 

पूर्वराष्ट्रपति भण्डारीसँग प्रधानसेनापति अशोकराज सिग्देलको पनि हिजो दिउँसो भेट भएको थियो ।

टिप्पणीहरू