प्रधानमन्त्रीलाई पक्रन आइजिपीलाई पत्र

प्रधानमन्त्रीलाई पक्रन आइजिपीलाई पत्र

जेन्जी आन्दोलनका नाममा एउटा समूह प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध खनिएको छ। 

समूहका तर्फबाट रविकिरण हमालले प्रहरी महानिरीक्षकलाई यसनिम्ति आज पत्र बुझाएका छन् ।

पत्रमा प्रधानमन्त्री कार्कीले जेन्जी विद्रोहका क्रममा युवाहरूको बलिदानको अवमूल्यन गर्दै 'अवैधानिक तरिकाले सत्ता कब्जा गरेको' आरोप लगाइएको छ । 

संविधान र जनताको म्याण्डेट विपरीत सत्तामा पुगेको भन्दै उक्त कार्यलाई 'राष्ट्रघात र कानुनी परम्पराको उल्लङ्घन' भनिएको छ।

पत्रमा कार्की नेतृत्वको मन्त्रिपरिषदमा 'भ्रष्टाचार,दातृ निकायसँग अनुचित सम्बन्ध र बलिदानप्रति असंवेदनशीलता देखाउने' व्यक्तिहरू सामेल रहेको दावी पनि गरिएको छ्

यसबाहेक,आन्दोलनका क्रममा निर्दोष युवामाथि गोली चलाउनेहरूलाई संरक्षण दिइएको,र त्यस्ता पात्रलाई पुनः सक्रिय राजनीति गराउने काम भएको दाबी गरिएको छ ।

हमालले पत्रमा लेखेका छन्, 'प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतको प्रमुख न्यायाधीशको रूपमा रहँदा राजनीतिक आस्थाका आधारमा न्यायाधीश नियुक्त गर्ने र न्यायालयको स्वतन्त्रता कमजोर पार्ने काम गरेकी थिइन् ।'

राप्रपा निकट हमालले प्रधानमन्त्री कार्कीलाई तत्काल पक्राउ गरी निष्पक्ष,पारदर्शी र सार्वजनिक कानुनी छानबिन गर्न माग गरेका छन् । प्रहरी मुख्यालय यसबारे केही बोलेको छैन ।

टिप्पणीहरू