‘दूषित मनसायका साथ फैलाइएको असत्य र तथ्यहीन प्रचार’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग जोडिएका समाचारको खण्डन गरेका छन् ।
मन्त्री घिसिङले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उक्त पार्टीमा आबद्ध हुन लागेको, पार्टी अध्यक्ष बनाउने तयारी जसता खबरहरू दूषित मनसायका साथ फैलाइएको दाबी गरेका छन् ।
मन्त्रीका अनुसार उक्त पार्टीमा आबद्ध हुनेबारे कुनै छलफल नै भएको छैन । प्रचार गरिएजस्तो ‘जुम’ बैठकमासमेत सहभागी नभएको उनको भनाइ छ । त्यस्ता समाचारको भ्रममा नपर्न मन्त्रीले आग्रह गरेका छन् ।
टिप्पणीहरू