रोक्कामा ओलीका यी दुई राहदानी

रोक्कामा ओलीका यी दुई राहदानी

बालेनलाई चम्काउने रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल अष्ट्रेलिया, विवेक मिश्रा र केपी खनालसहित ५ जना दुबईतिर लाखापाखा लागेकै बेला जेनजी आन्दोलन दमनविरुद्ध जाँचबुझ आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसहित पाँच जनाको नाममा १० वटा पासपोर्ट जारी भएको देखिन्छ ।

अध्यागमन विभाग प्रमुख रामचन्द्र तिवारीका अनुसार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा DA 0001382  र DA0001022 नम्बरका कूटनीतिक राहदानी छन् । १२ अगस्ट २०२४ र ६ जुलाई २०२३ मा जारी यी दुवै राहदानीको म्याद सन् २०२८ सम्म रहेको छ । ओलीको व्यक्तिगत राहदानी भए नभएको बारे विभागले केही बोलेको छैन ।

पूर्व गृहमन्त्री रमेश लेखकसँग DA000767 नम्बरको कूटनीतिक तथा PA0092466 नम्बरको व्यक्तिगत राहदानीसमेत छ । त्यसैगरी पूर्व गृहसचिव गोकर्णमणि दुवाडीले बोक्ने DA 0000649 नम्बरको कूटनीतिक राहदानी पनि रोक्का गरिएको छ । उनले एउटै मात्र पासपोर्ट बोक्दा रहेछन् ।

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापाको DA 0001221 नम्बरको कूटनीतिक र 10871448 नम्बरको व्यक्तिगत पासपोर्ट रोक्का छ । सिडिओ छविलाल रिजालसँग रहेको GA 0015354  र GA0012377 नम्बरको दुई वटा सरकारीसहित एब् 0157BB9  नम्बरको व्यक्तिगत राहदानीलाई समेत रोक्का राखिएको छ । 

(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू