प्रधानमन्त्री फेर्ने खुराफाती खेल अझै रोकिएको छैन नेपालमा

प्रधानमन्त्री फेर्ने खुराफाती खेल अझै रोकिएको छैन नेपालमा

कुलमान घिसिङलाई ऊर्जा, शहरी विकास तथा भौतिक योजनामन्त्रीमा गरिएको नियुक्ति, गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा र पर्यटनमन्त्रीमा आफू अनुकूल नयाँ पात्रको खोजीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आन्तरिक तनाव बढेको छ। स्रोतहरूका अनुसार प्रधानमन्त्री सुशीला र एक जना भूतपूर्व प्रधानन्यायाधीशबीच कायम रहेको हिजोको सौहार्द्रपूर्ण सम्बन्ध चिसिएको छ ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनै पर्ने पृष्ठभूमिमा कुलमानलाई मन्त्री बन्न नदिन एउटा पक्षले भदौ २४ गते रातिदेखि नै लबिङ थालेको थियो । तर उर्जामा आफ्नो मान्छे ल्याउने बिचौलिया दिपक भट्टलगायतको योजना त्यतिबेला  एकाएक तुहियो ।

यता अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध लगाइएको चुक्ली प्रधानमन्त्रीले नसुनेपछि कुरा अन्तै मोडियो । उदाहरणका लागि नागरिक उड्डयन प्राधिकरणका डिजी प्रदिप अधिकारीलगायत भ्रष्टाचारीविरुद्ध निर्मम हुन राई इच्छुक र इमानदार हुँदाहुँदै अख्तियारको कमजोर टिमका कारण आशातित परिणाम आउन नसकेको भन्नेमा यसवीच सुशीला कार्की कन्भिन्स हुनुभयो ।

यतिखेर संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँगै छ । उता पर्यटनमन्त्री आफू अनुकूल बनाउने र कार्यकाल थप्ने प्रदिप अधिकारीको योजना  जीवितै छ । सम्पदाविद् गणपतिलाल श्रेष्ठलाई उक्त पदमा ल्याउने प्रयास त्यसैको उपज थियो । तर कतिपयले अझै पनि श्रेष्ठको विकल्प खोजिनुपर्ने भन्दै बालुवाटारमा कुरा पुर्याउन छाडेका छैनन् ।

गृहमन्त्री हटाउने रणनीति

गृह मन्त्रालयको नेतृत्व परिवर्तननिम्ति विशेषगरी सुधन गुरुङलाई प्रयोग गरिएको बुझिएको छ । अर्यालले भनेबमोजिम काम नगरेपछि सुदन र हामी नेपालका केहीले धरानका मेयर हर्क साम्पाङ्गलाई गृहमन्त्री बनाउन खोजेका थिए । सोही रणनीतिअनुसार पहिलो टार्गेट गृहमन्त्री र आवश्यकताको सिद्धान्तअन्तर्गत दोस्रो चरणमा प्रधानमन्त्री कार्कीसम्मलाई हटाउने मार्गचित्र बनाइएको श्रोतको दावी छ । यसमा एक जना पूर्व प्रधानन्यायाधीशलाई मोहरा बनाइएको छ । उनका छोरालाई त्रिभुवन बिमानस्थलमा ठेक्का पट्टाका थुप्रै काम यसै दिइएको हैन ।

नयाँ हेलिकोप्टर कम्पनी र साझेदारी

प्रदिप अधिकारीले केही दिनअघि फिसटेलको हेलिकोप्टर चार्टर गरेर एकजना प्रभावशाली भूतपूर्व प्रधानन्यायाधीशलाई सोलुखुम्बु लगेका थिए । नयाँ हेलिकोप्टर कम्पनी “सुविधा एअर” खोल्ने तयारी यसवीच लगभग अन्तिम अवस्थामा पुगेको बताइन्छ । यसमा एनसेलका नयाँ र पुराना लगानीकर्ताहरुको लगानी रहेको स्रोतले जनाएको छ।

उक्त समूहमा सामेल एक अनलाइनवाला पहिले प्रदिपलाई जेल हाल्नुपर्ने धारणा राख्थे । अहिले बोली फेरिएको अवस्था छ ।

नयाँ दल दर्ताको तयारी

यसैबीच कुलमान,सुमना श्रेष्ठ, सुधन,पुरुषोत्तम यादव र बालेनका प्रतिनिधिहरू नयाँ दल दर्ताको तयारीमा रहेको स्रोतको दावी छ । जसअनुसार आगामी दल दर्ताका लागि पहिलो चरणमा प्लेटफर्मको रूपमा एउटा महत्वपूर्ण घोषणाको प्रक्रिया अघि बढाइएको बताइन्छ ।

टिप्पणीहरू